बिहीबार, चैत १५, २०८०

मिर्गौला पीडितलाई १६ लाख सहयोग

मेरोन्यूज २०७८ जेठ १५ गते ६:३१

तनहुँ । व्यास नगरपालिका–१ हाइस्कुलटारको नवयुवा क्लबले सोही वडा निवासी मिर्गौला पीडित आशमाया तामाङलाई आर्थिक सहयोग गरेको छ ।

क्लबका अध्यक्ष सनम तामाङ र व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेमार्फत शुक्रबार आशमायालाई १६ लाख १५ हजार रुपैयाँ सहयोग गरिएको हो ।

क्लबले टोल विकास संस्था, आमा समूह, महिला सञ्जाल, विभिन्न संघसंस्था, विदेशमा रहेका शुभचिन्तकबाट सो रकम सङ्कलन गरेको जनाएको छ ।

एक साता लम्बियो निषेधाज्ञा
जिल्ला प्रशासन कार्यालय तनहुँले पुनः एक हप्ता निषेधाज्ञाको समय थपेको छ । शुक्रबार बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले १५ गते शनिबार राति १२ बजे सकिने निषेधाज्ञालाई थपेर यही जेठ २२ गतेसम्म लम्ब्याएको हो ।

सङ्क्रमितहरुको सङ्ख्या बढ्दै जादाँ कोरोना महामारीको जोखिम पनि यथावत रहेकोले अवधि थपिएको सहायक प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिनुभयो ।

Advertisement

प्रतिक्रिया