शनिबार, वैशाख ८, २०८१

गणतन्त्र दिवस पारेर राष्ट्रपतिबाट ४३० कैदीलाई माफी

मेरोन्यूज २०७८ जेठ १४ गते २१:२२

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले ४३० कैदीकाे कैद कट्टा गरी माफी मिनाहा गरेकी छिन् । सरकारकाे सफारिशमा शुक्रबार उनले उक्त संख्यामा कैदीकाे कैद माफी गरेकी हुन् ।

यही जेठ १५ गतेदेखि उक्त कैद मिनाहा हुनेछ । विभिन्न अवसर पारेर सरकारकाे सिफारिशमा राष्ट्रपतिले कैद मिनाहा गर्दै आएकी छिन् ।

प्रतिक्रिया