बिहीबार, वैशाख १३, २०८१

स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने एमाले नेतासहित ३ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता

मेरोन्यूज २०७८ जेठ १४ गते १९:२१

काठमाडौं । नेपालगञ्जस्थित भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि कुटपिट तथा दुर्व्यवहार गर्ने ३ जनाविरूद्ध ज्यान मार्ने उद्योगको मुद्दा दर्ता भएको छ ।

शुक्रबार जिल्ला प्रहरी कार्यालय बाँकेले उनीहरुविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गरेको हो । प्रहरीले अस्पतालका कर्मचारीलाई कुटपिट गर्ने र दुव्र्यवहार गर्ने नेकपा (एमाले)का नेता सहित तीन जनालाई पक्राउ गरेको थियो ।

आक्रमणमा संलग्न दाङको तुलसीपुर घर भएका एमाले नेता मानबहादुर रावत, भरत रावत र लोकराज रावतलाई प्रहरीले पक्राउ गरेको थियो ।

बिहीबार राति कोभिड आइसीयूमा उपचाररत दाङका ५४ वर्षीय संक्रमितको मृत्यु भएपछि उनका आफन्तले आइसीयू कक्षमै पसेर चिकित्सक तथा नर्समाथि कुटपिट गरेका थिए ।

प्रतिक्रिया