निषेधाज्ञा उल्लंघन गर्ने २२ सय भन्दा बढी सवारी कारबाहीमा
५ सय ९७ जना कारबाहीमा

काठमाडौं । देशका विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने २ हजार २ सय ४४ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
५ सय ४८ वटा चार पाङ्ग्रे सवारी र १ हजार ६ सय ९६ वटा दुई पाङ्ग्रे गरी जम्मा २ सय ४४ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात छोडिने गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
त्यस्तै नयाँ भेरियन्ट सहितको कोभिड(१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा १ हजार २ सय जनालाई निःशुल्क मास्क वितरण गरिएको प्रहरीले जनाएको छ ।
५ सय ९७ जना कारबाहीमा
कोभिड(१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा तोकिएको मापदण्ड उल्लंघन गर्ने ५ सय ९७ जनालाई संक्रामक रोग ऐन, २०२० बमोजिम ६१ हजार ५ सय रुपैयाँ जरिवाना गरिएको प्रहरीले जनाएको छ ।
साथै ३ हजार ७ सय ८२ जनालाई रोकी सम्झाई बुझाई छाडिएको छ । प्रहरीका अनुसार देशभर सञ्चालित ९४ वटा माईकिङ, प्लेकार्ड, पर्चापम्प्लेट सहितको सचेतनामूलक कार्यक्रम अन्तर्गत १६ हजार ७ सय ६४ जनालाई सचेत गराइएको हो ।
निषेधाज्ञा कार्यान्वयनलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकाय लगायतका सरोकारवालाहरुसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तिब्रता दिएको प्रहरीले जनाएको छ ।








निवर्तमान सांसद चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा
सङ्खुवासभामा आगलागीमा परी वृद्धको मृत्यु
दोहोरो अंकले घट्यो सेयर बजार
विधान संशोधनपछि सुरेन्द्र पाण्डेको आपत्ति : ‘हिजो घटाउने अनि आज बढाऔं भन्नु मनपरी होइन?’
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
विराटनगरलाई हराउँदै लुम्बिनी एनपीएलकाे फाइनलमा
प्रतिक्रिया