बिहीबार, वैशाख १३, २०८१

स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने ३ जनाविरुद्ध किटानी जाहेरी

मेरोन्यूज २०७८ जेठ १४ गते १७:५०

काठमाडौं । बाँके नेपालगञ्जस्थित भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि आक्रमणमा संलग्न रहेको आरोपमा तीन जनाविरुद्ध किटानी जाहेरी परेको छ ।

भेरी अस्पतालले चिकित्सकमाथि आक्रमणमा संलग्न रहेको भन्दै नेकपा (एमाले)का लुम्बिनी प्रदेश कमिटि सदस्य मानबहादुर रावत सहित लोकबहादुर रावत र भरत रावतमाथि किटानी जाहेरी गरेको हो ।

अस्पतालका अध्यक्ष प्रमोद धिताल र मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाशबहादुर थापाद्धारा प्रेस विज्ञप्ति जारी गर्दै पक्राउ परेका उनीहरु विरुद्ध किटानी जाहेरी दिएको जानकारी दिएको छ ।

अस्पतालले घटनामा संलग्न अन्य व्यक्तिहरुबारे थप अनुसन्धान गरी कानुनी कारवाही गर्न समेत माग गरेको छ । आरोपित मध्ये मानबहादुर रावत लम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेल र अर्थमन्त्री विष्णु पौड्यालका विशेषपात्र रहेको पाईएको छ ।

प्रतिक्रिया