शुक्रबार, चैत १६, २०८०

सहकारीलाई प्रविधि प्रयोगमा रोकावट छैन : प्रवक्ता ढकाल

मेरोन्यूज २०७८ जेठ १४ गते १७:४४

काठमाडौं । नेपाल राष्ट्रबैंकका प्रवक्ता देवकुमार ढकालले सहकारीलाई प्रविधि प्रयोग गर्न कुनै समस्या नभएको बताएका छन् ।

नेपाल सहकारी पत्रकार समाज(सिजेएन)ले आयोजना गरेको प्रविधिमा सहकारी विषय भर्चुअल अन्तरक्रिया कार्यक्रममा बोल्दै ढकालले सहकारीलाई प्रविधि प्रयोगमा कुनै रोकावट नभएको बताए । सहकारीले एटीएम, मोबाइल बैंकिङ लगायत प्रविधि प्रयोग गर्न कठिनाइ नभएको भन्दै समन्वय चाहिएमा राष्ट्र बैंक समन्वय गर्न तयार भएको बताए ।

एफ वन कम्पनीसँग मिलेर सहकारीले कारोबार गरिरहेको बताउँदै ढकालले भने,‘ भोलि राष्ट्रबैंकले कलेक्टिभ सहजीकरण गर्न सक्छ ।’ प्रविधि प्रयोगमा सहकारी कन्फ्युजन हुन आवश्यक नभएको उनले बताए । सहकारीलाई डिजिटल पेमेन्टमा समावेश गर्न राष्ट्रबैंकले सहयोग गर्ने उनले बताए । ‘यस बाहेक बाँकी विषय सबै सहकारी विभागले नै हेर्ने हो’ उनले भने ।

भुक्तानी फच्र्छौट ऐन र नियमावली तत्काल संशोधन गर्न नसकिने भन्दै तत्कालका लागि सहकारी विभागले कार्यविधि बनाएर काम गर्न सक्ने बताए ।

‘विभागसँग समन्वय गरेर नियमन, सुपरीवेक्षण र प्रविधि तयार गर्न राष्ट्रबैंक तयार छ ।’ उनले भने । राष्ट्र बैंक, बाफिया ऐनका कारण राष्ट्रबैंकले सहकारीको नियमन गर्न नसक्ने उनले बताए । ‘सहकारीलाई नियमनको दायरामा राख्न कानुनी र जनशक्ति अभाव छ’ उनले भने,‘विभागले राष्ट्र बैंकको समन्वय चाहिए उपलब्ध गराउँछौं ।’

Advertisement

नेपाल क्लियिरिङ हाउसले राष्ट्रिय सहकारी बैंकलाई भुक्तानी फच्र्छौैट प्रणालीमा सामेल गर्न सक्ने ढकालले बताए । ‘त्यसका लागि राष्ट्रबैंकको भूमिका चाहिदैँन’ उनले भने ।

सहकारी विभागका उपरजिष्ट्रार सुरेन्द्रराज पौडेलले सहकारीलाई प्रविधिमैत्री बनाउन छिटो भन्दा छिटो कानुनी दायरामा ल्याउने विभागको योजना रहेको बताए ।

पेमेन्ट सिष्टम मात्र होइन रेकर्डिङ र रिर्पोटिङ सिष्टम पनि प्रविधिमैत्री बनाउने उनले बताए । ‘कोपोमिसबाटै नै सबै कुरा हुन्छ’ उनले भने,‘अब सहकारीले चार खाताको ढड्डा पल्टाएर हुँदैन, प्रविधिमा जानैपर्छ । ’

क्युआरकोड, एटीएमका लागि अहिलेसम्म कोही अनुमति माग्न नआएको भन्दै पौडेलले विभागले अनुमति दिनुनपर्ने बताए । उनले अन्तर सहकारी कारोबार कार्यविधि अघि बढाएको र मन्त्रालयबाट स्वीकृति भएपछि कार्यान्यन हुने बताए ।

विद्युतीय कारोबारलाई विभागले रोक्न नसक्ने उनले बताए । तर साइबर सेक्युरिटीमा विशेष जोड दिनुपर्ने उनको भनाइ छ । ठूला बैंक पनि साइबर समस्यामा रहेको भन्दै सहकारीमा पनि समस्या आउन सक्ने भन्दै सम्बन्धीत प्रयोगकर्ता सहकारी नै सजग हुनुपर्ने उनले बताए ।

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले ६४ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा प्रविधिमा सहकारीलाई जोड्न खोजिएको बताए । ‘गाइडलाइनको अन्तिम चरणमा छौं’ उनले भने,‘वित्तीयका साथै उत्पादन र बजारीकरणमा पनि प्रविधि भित्र्याउँछौं ।’

सहकारीलाई प्रविधिमैत्री आवश्यक भएको भन्दै कँडेलले क्यासलेस, चेक लेस हुँदै डिजिटल कारोबार बढ्ने क्रममा रहेको बताए । ‘प्रविधि प्रयोग गर्दा समस्या नआयोस् भन्नेतर्फ सजग हुनुपर्ने छ ।’ उनले भने । सहकारीमार्फत १० खर्बको कारोबार हुने गरेपनि पिएसओ, पिएसपीमा जोडिन नपाएकोमा गुनासो गरे । ‘राष्ट्र बैंक ऐनमा सहकारी समावेश गराउन लबिङमा छौं ।’उनले भने,‘पूर्णरुपमा डिजिटाइजेसनमा जान बाटो खोल्न आग्रह गरेका छौं ।’

सहकारीमार्फत प्रविधिमा जान बाटो खोल्नुपर्छ भनेर आवाज उठाएपनि सुनुवाइ नभएको उनले बताए । ‘सहकारी विभागले नै विंग्स बनाएर भएपनि बाटो खोल्नुपर्छ । रोक्न सक्ने अवस्थै छैन ।’उनले भने,‘ भुक्तानी प्रणालीमा सहकारीलाई जोड्न भुक्तानी फच्र्र्छाैट ऐन नै संशोधन गर्नुपर्ने अवस्था छ ।’ डिजिटाइजेसनमा जाँदा सहकारीको कारोबार पारदर्शी हुने भएकाले त्यसतर्फ विभागले ध्यान दिनुपर्ने उनको भनाइ छ ।

इन्फो डेभलपरका कार्यकारी निर्देशक प्रभिन सुवेदीले १९ वर्षदेखि सहकारीलाई प्रविधि दिन काम गरिरहेको बताए । ‘पछिल्लो समयमा प्रविधिको प्रयोग बढेको छ । पहिला ब्याज क्याप गर्नलाई मात्र प्रयोग हुन्थ्यो भने अहिले कोर बैंकिङ सफ्टवेयर प्रयोग नगर्ने कमै छन्’ ।

सहकारीमा पहिलो एटीएम प्रयोग गरेको उनले सुनाए । मोबाइल बैंकिङ र ट्याब बैंकिङ प्रभावकारी बन्दै गएको उनको भनाइ छ । ‘बैंकबाट सहकारी र सहकारीबाट बैंकमा पैसा पठाउन सकिने, रेमिट्यान्स सेवा पनि दिएका छौं ।’ उनले भने । ग्रामीण क्षेत्रमा प्रविधि प्रयोग बढाउँदै विदेशबाट पठाएको रेमिट्यान्स सिधैं सहकारीमा आउन सक्ने व्यवस्था मिलाइएको उनले बताए । ‘हामी पिएसी, पिएसओ पनि होइन । सिष्टम इन्टिग्रेटेड गर्छौ । बैंकिङ सफ्टवेयर दिन्छौ., मोबाइल बैंकिङ दिन्छौं । ’ उनले भने,‘यसले इसेवा, खल्तीको जस्तो काम गर्न सक्छ । पिएसीसँग इन्टिग्रेटेड गरेका छौं । ’

सहकारीलाई समस्या आउन सक्नेतर्फ संकेत गर्दै उनले । नियमक निकाय अघि बढ्नुपर्ने बताए । ‘सहकारीले किन प्रविधि प्रयोग गर्न नहुने ? नियमक निकायले विशेष ध्यान दिनुपर्छ ।’ उनले भने,‘कसैले केही गर्छ कि भन्ने डर छ सहकारीमा ।

राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाईले भुक्तानी फच्र्छौैट ऐन संशोधन गरी चेक क्लियरेन्सको सेवा दिनुपर्ने बताए । सहकारीलाई सम्पूर्ण अनलाइन सेवा सहकारी बैंकमार्फत दिन सकिने उनको भनाइ छ । सहकारी विभागबाटै विंग्ग बनाएर सेवा दिन सकिने उनले बताए ।

सहकारीले फण्ड ट्रान्सफर सेवा पाउनुपर्ने उनको भनाइ छ । फण्ड ट्रान्सफर मात्र डिजिटल नभएको भन्दै गुरागाईले धेरै सहकारीले अफिस आवर मात्र नभई सदस्यको आवश्यकताअनुसार सेवा दिनुपर्ने बताए । सहकारीले सर्भिस दिन नसक्दा अरु क्षेत्रमा पैसा गएको उनले बताए । साइबर सेक्युरिटी चुनौती सामाना गर्दै इको सिष्टम अनुसार चल्नुपर्ने बताए । सफ्टवेयर प्रयोगकर्ताले एपिआई सेवा दिनुपर्ने उनको भनाई थियो ।


प्रतिक्रिया