शुक्रबार, चैत १६, २०८०

भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

मेरोन्यूज २०७८ जेठ १४ गते १६:३५

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि भएको आक्रमणका दोषीलाई कडा कारबाही गर्न सम्बन्धित निकायलाई अनुरोध गरेको छ । मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै कोभिड महामारीमा पेशागत धर्म निभाएर संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि भएको यस्तो सांघातिक हमला लज्जास्पद भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

आगामी दिनमा स्वास्थ्यकर्मीलाई मनोबल उच्च राखेर काम गर्ने वातावरण बनाइदिन पनि मन्त्रालयले सबैमा अनुरोध गरेको छ ।
अस्पतालमा स्वास्थ्यकर्मीमाथि हमला गर्नेलाई कोभिड १९ संकट व्यवस्थापन अध्यादेश २०७८, मुलुकी फौजदारी ऐन २०७२ तथा स्वास्थ्यकर्मी तथा स्वास्थ्य सुरक्षासम्बन्धी ऐन २०६६ अनुसार कारबाही गर्न मन्त्रालयले अनुरोध गरेको छ ।

प्रतिक्रिया