कोरोना निको हुनेको दर बढ्दै
६९५१ जना संक्रमित थपिए, ९८४१ निको भए
मेरोन्यूज
२०७८ जेठ १४ गते १६:११

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशमा ६ हजार ९५१ जना संक्रमित थपिएका छन् । नेपालमा लगातार तेस्रो दिन नयाँ संक्रमित भन्दा निको हुनेको संख्या बढी रहेको छ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ३१३ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ६८५५ र एन्टिजेन विधिबाट ७९७ जनाको परीक्षण गर्दा ९६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कूल संक्रमितको संख्या ५ लाख ४९ हजार १११ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ३९४ रहेको छ ।
यसैगरी, सोही अवधिमा ९ हजर ८४१ जना कोरोना निको भएका छन् । हालसम्म संक्रमितमध्ये ४ लाख २८ हजार ६७० जना निको भइसकेका छन् । नेपालमा निको हुने दर ७८.१ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घण्टामा थप ९६ जनाले ज्यान गुमाएका छन् । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ हजार ४७ पुगेको छ ।
सम्बन्धित
प्रतिक्रिया