शुक्रबार, वैशाख १४, २०८१

अस्ट्रेलियाका २७ जनामा कोरोनाको नयाँ भेरियन्ट पुष्टि

मेरोन्यूज २०७८ जेठ १४ गते १५:५०

काठमाडौँ । अस्ट्रेलियाको भिक्टोरिया राज्यमा कोरोना भाइरस (कोभिड-१९)को नयाँ भेरियन्ट फेला परेको समाचारमा जनाइएको छ । बी.१.६१७ नाम गरिएको कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै अस्ट्रेलियाको भिक्टोरिया राज्यमा कडा लकडाउन गर्ने घोषणा गरेको छ ।

गत मंगलबार कोरोनाको नयाँ भेरियन्ट २७ जनामा पुष्टि भएको हो । संक्रमित एक जनालाई भेन्टिलेटरमा राखेर उपचार सुरू गरिएको समाचारमा जनाइएको छ । यी २७ जनासँग १० हजारभन्दा बढी मानिस सम्पर्कमा आएको भन्दै अस्ट्रेलियन सरकारले कडा लकडाउन गर्ने निर्णय गरेको हो ।

राज्य सरकारका अनुसार पछिल्लो दिनमा अस्ट्रेलियामा सबैभन्दा बढी भिक्टोरियामा कोरोना संक्रमण पुष्टि हुँदै आएको छ । लकडाउनको समयमा कोही व्यक्तिलाई आवश्यक पर्ने सामान खरिद गर्नका लागि घरबाट ५ किलोमिटरभन्दा टाढा जान नपाउने भएका छन् ।

सरकारले सबै नागरिकलाई अनिवार्य रूपमा मास्क लगाउन अनुरोध गरेको छ । सबै शैक्षिक संस्था बन्द भएको समाचार जनाइएको छ । भिक्टोरिया राज्यसँग सीमा जोडिएको सबै राज्यले पूर्ण रूपमा सीमा बन्द गरेका छन् । भिक्टोरियाबाट अन्य राज्यमा गए जोकोहीले एक हप्तासम्म क्वारेन्टिनमा बस्नु पर्ने समाचारमा जनाइएको छ । एजेन्सी

प्रतिक्रिया