बिहीबार, वैशाख १३, २०८१

आफ्ना नागरिकलाई बचाउन खोप किन्न गाउँपालिकाले माग्यो स्वीकृति

मेरोन्यूज २०७८ जेठ १४ गते १५:२१

काठमाडौँ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप खरिद गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग स्वीकृति मागेको छ ।

गाउँपालिकाले आफ्ना नागरिकका लागि ३० हजार डोज खोप आफैँ खरिद गर्ने जनाउँदै मन्त्रालयसँग पत्राचार गरी स्वीकृति मागेको गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए ।

गाउँपालिकाका नागरिकलाई १५ हजार डोज आवश्यक पर्नेछ । उक्त खोप दुई मात्रा लगाउँदा ३० हजार आवश्यकता पर्ने भएकाले खरिद गर्न माग गरिएको अध्यक्ष शेर्पाले बताए ।

प्रतिक्रिया