शुक्रबार, चैत १६, २०८०

५४ लाख रुपैयाँसहित हुण्डी कारोबार गर्ने दुई जना पक्राउ

मेरोन्यूज २०७८ जेठ १४ गते १५:००

काठमाडौँ । हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा करिब ५४ लाख रुपैयाँसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा प्रसौनी गाउँपालिका ६ बस्ने २६ वर्षीय शिव आनन्द गुप्ता र पर्सा वीरगञ्ज महानगरपालिका ११ श्रीपुर बस्ने १९ वर्षीय प्रकाश जैसवाल रहेका छन् ।

वीरगञ्ज महानगरपालिका ८ बिपिसी क्याम्पस नजिक छेउमा डेरा गरी बस्ने गुप्तासमेत २ जनाले अवैध वित्तिय कारोबार गरिरहेको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी खटिएको थियो ।

प्रहरीले वीरगञ्ज महानगरपालिका ११ श्रीपुरबाट जैसवाललाई नगद २४ लाख रुपैयाँसहित पक्राउ गरेको थियो । थप अनुसन्धानको क्रममा गुप्ताको डेरा तलासी गर्दा २ वटा झोलामा लुकाई राखेको नगद २९ लाख ८० हजार रुपैयाँसमेत फेला पारी उनलाई पनि पक्राउ गरेको हो ।

उनीहरुको साथ ५३ लाख ८० हजार रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ । उनीहरूविरुद्ध उपर बैंक तथा वित्तिय संस्थासम्बन्धी ऐन २०७३ विरूद्वको कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Advertisement

प्रतिक्रिया