बिहीबार, चैत १५, २०८०

एक साताभित्र चीनबाट १० लाख खोप आइपुग्छ : मन्त्री ज्ञवाली

मेरोन्यूज २०७८ जेठ १४ गते १४:५१

काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनले दिने भनिएको १० लाख खोप एक साताभित्र नेपाल आइपुग्ने बताएका छन् ।

मन्त्री ज्ञवालीले तीमध्ये २ लाख खोप आइतबारभित्र नेपाल आइपुग्ने बताएका छन् । बाँकी ८ लाख खोप एक साताभित्र नेपाल आइसक्ने उनले जानकारी दिए ।

एक भर्चुअल कार्यक्रममा बोल्दे मन्त्री ज्ञवालीले भने, ‘चीनबाट २ लाख खोप तिब्बत नाका हुँदै पर्सीसम्म नेपाल आइपुग्छ, बाँकी ८ लाख आगामी २ तारिकसम्म नेपाल ल्याइसक्ने छौँ ।’

प्रतिक्रिया