बिहीबार, वैशाख १३, २०८१

अबको दुई सातामा खोपमा ‘ब्रेक थ्रु’ हुन्छ : मन्त्री ज्ञवाली

मेरोन्यूज २०७८ जेठ १४ गते १३:४१

काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कोरोना भाइरस (कोभिड–१९)विरुद्ध खोपका लागि चीन र अमेरिकासँग नेपाल नजिक भएको बताएका छन् । उनले खोपका लागि दुई देशसँग छलफल भइरहेको जानकारी दिए ।

अबको २ सातासम्म खोपमा ‘ब्रेकथ्रु’ हुने उनको दाबी थियो । स्वास्थ्य पत्रकार मञ्चले कोभिड १९ को खोपको विषयमा आयोजना गरेको भर्चुअल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

कोरोनाविरुद्धको खोप खरिद गर्न ३६ अर्ब रुपैयाँभन्दा बढी बजेट सुनिश्चित गरेको मन्त्री ज्ञवालीले जानकारी दिए ।

प्रतिक्रिया