शुक्रबार, वैशाख १४, २०८१

स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई ​सभापति देउवाद्वारा कारवाहीको माग

मेरोन्यूज २०७८ जेठ १४ गते १३:०३

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालगञ्जस्थित भेरी अस्पतालका चिकित्सक र नर्समाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग गरेका छन् ।

सभापति देउवाले आज सामाजिक सञ्जालमार्फत कोरोना भाइरस (कोभिड–१९) महामारीमा ठूलो जोखिम लिएर बिरामीको उपचारमा दिनरात खटेका स्वास्थ्यकर्मीमाथि भएको घटनाको तत्काल छानबिन गरी आक्रमणमा संलग्नमाथि कडा कारबाही गर्न माग गरेका हुन् ।

यसैगरी विवेकशील साझा पार्टीले पनि विज्ञप्तिमार्फत अस्पतालजस्तो संवेदनशील कार्य क्षेत्रभित्र स्वास्थ्यकर्मीमाथि अभद्र भीड पुगेर गरिएको आक्रमणको भत्र्सना गरेको छ ।

विवेकशील साझा युवा संगठनका महासचिव सरोज गौतमले आक्रमणमा संलग्न जो सुकैलाई तुरुन्त पक्राउ गरी कानूनी कारबाहीको दायरामा ल्याउनसरकारसँग आग्रह गरेको हो ।

प्रतिक्रिया