स्वास्थ्य मन्त्रालयको प्रवक्तामा डा. पौडेल नियुक्त
मेरोन्यूज
२०७८ जेठ १४ गते १२:४२

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी डा कृष्ण पौडेललाई दिइएको छ । मन्त्रालयका कर्मचारी महाशाखा प्रमुख डा दामोदर रेग्मीले डा पौडेललाई मन्त्रालयको प्रवक्ताको जिम्मेवारी दिइएको बताए ।
यसअघि प्रवक्तामा प्रा डा जागेश्वर गौतम रहेका थिए । अहिले उनी कोरोना भाइरस (कोभिड–१९) युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)को प्रमुखको जिम्मेवारी दिएपछि डाक्टर पौडेल नियुक्त भएका हुन् ।
सम्बन्धित
प्रतिक्रिया