शुक्रबार, वैशाख ७, २०८१

प्रतिनिधिसभा विघटन : संवैधानिक इजलासमा सुनुवाई सुरु, १० मिनेट समय सीमा

मेरोन्यूज २०७८ जेठ १४ गते १२:३३

काठमाडौँ । गत ७ गते मध्ये राति भएको प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि सुनुवार्इ सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको अध्यक्षतामा रहेको संवैधानिक इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की, डा. आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ सदस्य छन् ।

रिटमाथि सुनुवाई गरिरहेको संवैधानिक इजलासमा रिट निवेदकलाई आफ्नो पक्षमा मत राख्न १० मिनेटको समय सीमा निर्धारण गरिएको छ । इजलासको प्रारम्भमै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले रिट निवेदकलाई १० मिनेटको समय सीमा तोकिदिएका हुन् ।

इजलासमा रिट निवेदक भण्डारीले बहस थालेका छन् । संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्ध दायर विभिन्न ३० रिटमाथि सुनुवाइ सुरु भएको हो ।

प्रतिक्रिया