बिहीबार, वैशाख १३, २०८१

२६० थान भेन्टिलेटर र स्वास्थ्य सामाग्रीसहित बेलायती जहाज आइपुग्यो

मेरोन्यूज २०७८ जेठ १४ गते ११:५५

काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड–१९)को नयाँ भेरियन्ट तीव्र गतिमा फैलिएसँगै बेलायत सरकारले विभिन्न स्वास्थ्य सामग्रीसहित जहाज पठाएको छ । बेलायती सहयोगका स्वास्थ्य सामग्री बोकेको जहाज शुक्रबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

जहाज आइपुगेलगत्तै नेपालका लागि बेलायती राजदूत निकोला पोलिट उक्त स्वास्थ्य सामग्री स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरेकी थिइन् ।

स्वास्थ्य मन्त्री त्रिपाठीले कोरोनाविरूद्धको नेपाल र नेपालीको लडाइँमा सहयोग गरेकोमा बेलायत सरकारलाई धन्यवाद दिए । यस्तै, राजदूत पोलिट बेलायतको तर्फबाट सहयोग जारी रहने बताइन् ।

बेलायतले पठाएको सामानमा २ सय ६० थान भेन्टिलेटर र १९ हजार २ सय आई प्रोटेक्टरसहित नेपाल मेड युकेले पठाएको अक्सिजन कन्सन्ट्रेटरसमेत ल्याइदिएको छ ।

प्रतिक्रिया