बुधबार, वैशाख १२, २०८१

५ प्रदेशमा : आज भारी वर्षा र उच्च बेगको हावाहुरीको सम्भावना

मेरोन्यूज २०७८ जेठ १४ गते ८:५९

काठमाडौं । चक्रवात यास् पश्चिमउत्तर–पश्चिम सर्ने क्रममा कमजोर भई हाल गहिरो न्यून चापीय क्षेत्रको रुपमा परिणत भएको छ । उक्त गहिरो न्यून चापीय क्षेत्रको असर शुक्रबार सुदूरपश्चिमबाहेकका प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शुक्रबार दिउँसो र राति प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानहरूमा भारी,अति भारी वर्षा र उच्च बेगको हावाहुरिको सम्भावना रहेको छ ।
यसैगरी उच्च हिमाली तथा पहाडी भूभागका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना पनि छ । केही स्थानमा भारी हिमपातको सम्भावना पनि रहेको बुलेटिनमा उल्लेख छ ।

प्रतिक्रिया