मन्त्रिपरिषद्को निर्णय
साताको एक दिन यी ३ देशमा उडान खुल्ला
मेरोन्यूज
२०७८ जेठ १४ गते ८:०८

काठमाडौं। सरकारले जेठ १८ गतेदेखि कतार,चीन र टर्कीका लागि सातामा एक दिन नियमित उडान खोल्ने निर्णय गरेको छ ।
बिहीबार साँझ बसेको मन्त्रिपरिषद बैठकले जेठ १८ गतेदेखि टर्कीको इस्तानबुल,कतारको राजधानी दोहा र चीनका कुनै पनि स्थानमा दोहोरो अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको छ ।
गत वैशाख १६ गतेदेखि कोरोना नियन्त्रणका लागि निषेधाज्ञा सुरु भएपछि सरकारले वैशाख २० गते आन्तरिक र २३ गतेदेखि भारतबाहेक अन्य मुलुकका लागि हुने अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको थियो ।
चार्टर उडानमा यात्रु ठगिने क्रम नरोकिएपछि ३ वटै देशमा सातामा एक दिन नियमित उडानका लागि खुला गरिएको एक मन्त्रीले जानकारी दिए ।
सम्बन्धित
प्रतिक्रिया