बिहीबार, वैशाख ६, २०८१

आजको राशिफल : ज्येष्ठ १४ गते शुक्रबार

ज्यो. दिवाकर पन्त २०७८ जेठ १४ गते ७:५१


काठमाडौं । आज २०७८ साल ज्येष्ठ महिनाको १४ गते शुक्रबार, ज्येष्ठ कृष्णपक्षको द्वितीया तिथि । अब लागौं आजको राशिफलतर्फ ।

मेष
मेहनत र पराक्रमी स्वाभाव हुने छ । बोली प्रभाव बढ्न पुग्ने छ । भाग्यको साथ रहेकाले सुखको अनुभूति हुने छ । महिलाको परिवारमा पुरुष तथा पुरुषको परिवारमा महिला तपाईबाट अलि पीडित महशुस गर्ने भएकाले आफ्नो व्यवहारका बारेमा समीक्षा गरि ध्यान दिनु होला । पानीजन्य कारोवार, आयात निर्यात, औषधीको कारोवारमा संलग्नहरुलाई फाइदा मिल्ने छ ।

वृष
उदासिनता बढ्न जाने हुँदा जीवनप्रति सकारात्मक भन्दा नकारात्मक धारणाले पेल्ने छ । मनमा निराशाको मात्रा धेरै बढ्न जाने छ । आत्माबल बलियो हुने भएकाले र भाग्यको साथ रहेकाले आत्तिई हाल्नु पर्ने अवस्था भने छैन् । बोलीमा रुखोपना देखा पर्ने भएकाले बोल्दा संयमित रहनु होला । दाम्पत्य जीवनमा कटुता देखा पर्ने भएकाले विचार गर्नु होला । दैनिक उपभोग्य सामानको कारोवार, किराना पसल, आइसक्रिम, चिसो पेय पदार्थको कारोवार, आयात निर्यातमा रहेकाहरुले नोक्सानी व्योहर्नु पर्नेछ ।

मिथुन
असाध्यै कडा खाले ब्यक्तित्व हुने छ । रिस धेरै उठ्ने भएकाले रिस नियन्त्रणमा ध्यानु पर्ने देखिन्छ । जीवनसाथीको परामर्शमा काम गरेमा फाइदा मिल्ने छ । भाग्यको साथ नरहेकाले कार्य सम्पादनमा ढिलाई हुन पुग्ने छ । परिवारका सदस्यहरुको आड भरोसा रहने भएकाले कठिनाईको क्षणमा अघि बढ्न निकै मद्दत पुग्ने छ । बाध्यातावश छोटो यात्रामा निस्कनु पर्ने अवस्था आइ पर्नेछ । सार्वजनिक सवारीसाधन, उद्योग कलकारखाना, हार्डवेयरको ब्यापार, श्रम क्षेत्र, छालाजन्य कारोवारको ब्यवसायमा संलग्नहरुलाई समय प्रतिकुल रहेको छ ।

कर्कट
समय प्रतिकुल रहेकाले संयमित रहनु होला । पेट, ग्याष्ट्रिक सम्बन्धि समस्याले च्याप्ने छ । रोजगारी तथा पेशा व्यवसायमा गम्भीरखाले समस्या पैदा हुने छन् । मनोबलको कमि हुन जाने छ । रोजगारी गुम्नेसम्मको अवस्था आउने भएकाले सतर्कता अपनाएर कदम चाल्नु होला । भुत प्रेत तथा मानसिक रुपमा दबाद सृजना हुन पुग्ने छ । मनमा दोहोरो विचारले गर्दा निर्णय क्षमतामा गिरावट आउने छ । जीवनसाथिको साथले गर्दा अवस्था नियन्त्रित हुने छ ।

सिंह
समय सकारात्मक रहेको छ । पेशागत जीवनमा पनि सन्तोषजनक अवस्था छ । आफ्नो कामको अफिसियल रुपमा कदर हुने छ । प्रतिष्पर्धी स्वाभाव बलियो हुने भएकाले शत्रु नाश हुने छन् । भाग्यका बलियो साथका कारण लिएका लक्ष्य पुरा हुने तर्फ आधार तयार हुने छ । आम्दानीमा पनि केही बृद्धि नै हुन जाने छ । बिरोधीहरुले पेल्न सक्ने छैनन् ।

कन्या
समय अलि नकारात्मक तर्फ ढल्केकाले संयमित भएर नै पाइला चाल्नु होला । पेशागत जीवनमा अनावश्यक विषयको उल्झनमा फस्न पुगिने छ । जसले गर्दा तनावको सामना गर्नु पर्ने छ । अध्ययन अध्यापनमा हल्का प्रगति उन्मुख हुने छ । आम्दानीमा भने खास असर पर्ने छैन् । परिवारका सदस्यहरुको साथले गर्दा विपरित परिस्थितिमा पनि आड भरोसा मिल्ने भएकाले परिवारको साथ लिएर अघि बढ्दा उपयुक्त हुने छ ।

तुला
समय सतर्कतासहित पाइला चाल्नु पर्ने भएकाले सोही अनुसार संयमित रहनु होला । परिवारमा कलह मच्चिने छ । भाग्यको साथ नरहेकाले काममा बिलम्ब हुने छ । कार्यालयमा आफ्नो हाकिमसँगको सम्बन्धमा कटुता आउने भएकाले उच्च सतर्कतासहित काम गर्नुहोला । आम्दानीका विषयमा चिन्ता उत्पन्न हुन जाने छ । आफू भन्दा निम्न दर्जामा कार्यरत कर्मचारी वा स्टाफको साथले केही राहत मिल्ने छ ।

वृश्चिक
शारीरिक थकान र मनोबलको कमि हुने भएकाले शारीरिक अभ्यासमा ध्यान दिनु होला । जीवनलाई उत्साहपूर्ण तरीकाले भन्दा अलि निराशाजनक तबरको दृष्टिकोणले सताउने छ । निराशाजनक भावले सताउने छ । मानसिक रुपमा दबाबपूर्ण चिन्तन आउने भएकाले धार्मिक आध्यात्मिक विषयमा संलग्न हुँदा उपयुक्त हुने छ । बोलीमा भने मधुरता आउने छ । परिवारिक सम्पत्ति वा पूर्व संचित धनले मनमा केही भरोसा प्राप्त हुने छ ।

धनु
परिवारमा मिलन हुने छ । प्रतिष्पर्धात्मक स्वाभावले गर्दा प्रतिकुलतासँग पनि जुध्न सक्ने शक्ति प्राप्त हुने छ । सितल खालको ब्यक्तित्व बन्ने हुँदा अरुले पनि नरम महशुस गर्ने छन् । तर मन बढी चञ्चल हुने भएकाले अस्थिरता उत्पन्न हुने छ । दाम्पत्य जीवनमा बादबिबाद आउने छ । त्यसैगरी साझेदारीका कामहरुमा पनि कटुतापूर्ण तनाव आउने भएकाले यसबारेमा धैर्यतासाथ काम लिनु होला । जोखिम मोल्ने बेला छैन् ।

मकर
कसैसँग पनि डर नमान्ने स्वाभावमा बृद्धि हुने छ । शुरो खालको ब्यक्तित्व हुने छ । तर अलि बढी घमण्डी जस्तो देखिने भएकाले यसबारेमा विचार गर्नु होला । रिस नियन्त्रणमा ध्यान दिनु होला । प्रतिष्पर्धात्मक स्वाभावमा बृद्धि हुने भएकाले कठिनाईमा पनि नहडबडिने पना कायम रहने छ । कुटनीतिक क्षेत्र, अनुसन्धान, औषधिको कारोवार, परामर्शदाता आदीमा संलग्नहरुलाई फाईदा मिल्ने समय जागृत छ ।

कुम्भ
भाग्यको साथ रहेकाले भित्रि बुद्धिमा सक्रियता बढ्न पुग्दा चलाखीपूर्ण तरीकाले कार्यसम्पदान हुन पुग्ने छन् । पेशागत जीवनमा प्रगति हुने छ । सबैको कल्याण र भलो चाहने ब्यक्तित्व हुने छ । अरुलाई सहयोग गर्दा मनमा आनन्द लाग्ने छ । पेशागत जीवन सन्तोषजनक रहने छ । स्वास्थ्य क्षेत्रको ब्यापार, अस्पताल संचालन, औषधीको कारोवार, अस्पतालको आपूर्ति गर्नेहरुलाई फाईदा मिल्ने छ । साझेदारीमा गरिएका कामहरुले प्रतिफल दिने छन् ।

मीन
ब्यक्तितवमा गिरावट आउने छ भने आफुले बुझेका विषयहरुले पनि खास काम दिएन जस्तो लागि रहने छ । मनमा सन्तोष हुने छैन् । जीवनसाथिको सल्लाह वा परामर्शसहित काम गरेमा कार्य सम्पादनमा मद्दत मिल्ने छ । सन्तानको साथ मिल्ने छ । अनावश्यक क्षेत्रमा पराक्रमी र मेहनत गर्न मन लाग्ने बनाई दिने समय सक्रिय रहेकाले कार्य आरम्भ गर्नु पूर्व निकै विचार गरेर मात्र कार्य प्रारम्भ गर्नु होला । राजगारी गरिरहेकाहरुलाई समय शुभ छ भने ब्यापारमा रहेकाहरुलाई समय अलि प्रतिकुल छ ।

ज्यो. दिवाकर पन्त

ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८

प्रतिक्रिया