शुक्रबार, वैशाख ७, २०८१

अत्यावश्यक स्वास्थ्य सेवा बन्द नगर्न अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयको निर्देशन

मेरोन्यूज २०७८ जेठ १४ गते ६:१४

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड बाहेकका अत्यावश्यक सेवा बन्द नगर्न अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई निर्देशन दिएको छ । कोभिड संक्रमितलाई प्राथमिकता दिने क्रममा गर्भवती, प्रजनन् खोप, पोषण, गर्भपतन, परिवार नियोजन तथा किशोर किशोरीसम्बन्धी प्रजनन् स्वाास्थ्य सेवा अत्यावश्यकभित्र पर्ने हुनाले यस्ता सेवा नरोक्न मन्त्रालयले निर्देशन दिएको हो ।

यस्ता सेवा बन्द गर्दा दीर्घकालीन असर पुग्नसक्ने भन्दै स्वास्थ्यका मापदण्ड अपनाएर सेवा प्रवाह मन्त्रालयले निर्देशन दिएको छ ।

प्रतिक्रिया