शुक्रबार, चैत १६, २०८०

भारतीय कलाकार सञ्जय दतलाई युएईले राख्ने चाहना

आयुश राठौर २०७८ जेठ १३ गते १८:३४

काठमाडौँ । भातरीय कलाकार सञ्जय दत्तले आफ्नो सामाजिक सञ्जालमा पोष्ट गरेको एउटा फोटोले विश्वभर चर्चा पाएको छ । उनले आफूलाई युएई सरकारले गोल्डेन भिसा दिएको फोटो सार्वजनिक गरेका थिए ।

सामाजिक सञ्जालमा कलाकार दत्त मेजर जनरल मोहम्मद अल मर्रीको साथमा देखिएका छन् । युएई सरकारबाट गोल्डेन भिसा प्राप्त गर्ने उनी पहिलो भारतीय व्यक्ति हुन् । यो भिसाको अवधि १० वर्षको हुनेछ । युएई सरकारले यो भिसा प्रतिभाशाली व्यक्तिलाई दिने गरिन्छ ।

युएईले यो भिसा दिनुको मुख्य कारण विश्वभरका प्रभावशाली व्यक्तिलाई आफ्नै देशमा राख्नु रहेको छ ।

गोल्डेन भिसाको महत्व

युएई सरकारले विश्वका प्रभावशाली व्यक्तिलाई गोल्डेन भिसा दिएर आकर्षक गर्दै आएको छ । यसले युएईमा बाहिरी देशका नागरिकलाई लगानीको वातावरण सिर्जना गराउने रहेको छ । जसले व्यापारिक व्यक्तिलाई प्रोत्साहित गर्दछ ।

Advertisement

देशको विकासमा योगदान पु¥याउने दीर्घकालीन व्यक्तिलाई पनि उनीहरूको वफादारीको लागि गोल्डेन भिसा युएईले दिँदै आएको छ । गोल्डेन भिसाको सुरूमा स्थायी बसोबास प्रणालीका रूपमा वितरण गर्दै आएको थियो ।

मे २०१९ मा युएईको मन्त्रिपरिषद्ले प्रवासीहरूको लागि १० वर्षे रेसिडेन्सी भिसा स्वीकृत गरेको हो । लगानीकर्ता, उद्यमी, मुख्य कार्यकारी, वैज्ञानिक र उत्कृष्ट विद्यार्थी, कलाकारलगायतलाई यस भिसाले आकर्षण बनाएको छ । एजेन्सीहरुको सहयोगमा

आयुश राठौर

मेरोन्युजकर्मी राठौर खेलकुद र कला सम्बन्धी विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया