बिहीबार, वैशाख ६, २०८१

निषेधाज्ञा उल्लंघन गर्ने १ हजार ७२३ सवारी साधन प्रहरीको नियन्त्रणमा

मेरोन्यूज २०७८ जेठ १३ गते १८:११

काठमाडौं । निषेधाज्ञा उल्लंघन गर्ने १ हजार ७२३ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीमध्ये ४५५ चार पांग्रे र १ हजार २६८ वटा मोटरसाइकल छन् । नियन्त्रणमा लिइएका सवारी साधनलाई आवश्यक सोधपुछपश्चात छाडिने गरिएको छ ।

‘तपाईंको मास्क खोई ?’ कार्यक्रमअन्तर्गत पछिल्लो २४ घण्टामा ६१५ जनालाई निःशुल्क मास्क वितरण गरिएको प्रहरीले जनाएको छ ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको मापदण्ड उल्लंघन गर्ने १८२ जनालाई संक्रामक रोग ऐन, २०२० बमोजिम २१ हजार रुपैयाँ जरिवाना गरिएको छ । २ हजार ६१३ जनालाई सम्झाई बुझाई छाडिएको छ ।

प्रतिक्रिया