शनिबार, वैशाख ८, २०८१

‘युकेजी र रमेश अंकलको छोरो’ ले विश्वकै अग्लो स्थानमा कमेडी गरेर विश्व कीर्तिमान

मेरोन्यूज २०७८ जेठ १३ गते १८:०८

काठमाडौं । संसारकै अग्लो सगरमाथाको आधारशिविर कालापत्थरमा कमेडी प्रस्तुती दिएर दुई जना नेपाली कलाकारले गिनिज बुक अफ वल्ड रेकर्डमा नाम राखेका छन् ।

‘नेप्ग्याजम कमेडी’ समूहका संस्थापकद्वय उमेरकुमार गौतम (युकेजी) र लेखमणी त्रिताल (रमेश अंकलको छोरो) ले विश्व रेकर्ड राखेका हुन् । गौतम र त्रितालले सगरमाथाको आधारशिविर कालापत्थरको ५ हजार ३ सय २ मिटर उचाईंमा स्ट्याण्ड–अप कमेडी गरेर विश्व किर्तिमानी राखेका हुन् । इटालियन नागरिक पाउलो फ्रानसेस्चिनीले राखेको रेकर्ड उनीहरुले तोडेका छन् ।

कलाकारद्वय गौतम र त्रितालले ‘प्रदुषणरहित समाजको परिकल्पना, हर अनुहारमा मुस्कान नेपग्याजमको चाहना’ भन्ने नारा दिएर गत वैशाख २० गते स्ट्याण्ड–अप कमेडी प्रस्तुती दिएका थिए ।

नेप्ग्याजम मिडिया एण्ड प्रोडक्सन प्रालिले आयोजना गरेको उक्त कार्यक्रममा उनीहरुले तीस–तीस मिनेटका दुईवटा स्ट्याण्ड–अप कमेडी प्रस्तुत गरेका थिए ।

यसअघि पाउलोले सन् २०१९ को २५ अप्रिल मा सगरमाथा आधार शिविरको ५ हजार २७० मिटरको उचाईंमा स्ट्याण्ड–अप कमेडी प्रस्तुती दिएर गिनिज बुक अफ वल्र्ड रेकर्ड राखेका थिए । नेपग्याजमका अर्का संस्थापक निर्देशक ज्ञानेन्द्र राज मिश्रले कोरोना महामारीबीच नेपालीलाई खुशी दिलाउने हाम्रो यो प्रयास सफल भएको बताए ।
नेप्ग्याजमका संस्थापक मध्येका एक रुपेश श्रेष्ठले आफ्ना सब्सक्राइबर, दर्शक तथा श्रोताहरुको माया तथा हौसलाका कारण विश्व स्ट्याण्ड–अपको जगमा नेपाली स्ट्याण्ड–अप कमेडी चिनिने मौका पाएको बताए ।

प्रतिक्रिया