बिहीबार, वैशाख १३, २०८१

वर्तमान सरकार संविधानको मर्म र भावनाविपरीत सत्तामा आसिन छ : देउवा

मेरोन्यूज २०७८ जेठ १३ गते १७:४४

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार संविधानको मूल मर्म र भावनाविपरीत सत्तामा आसिन रहेको बताएका छन्। बिहिबार प्रेस विज्ञप्ति जारी गदै वर्तमान सरकार संविधानको मूल मर्म र भावनाविपरीत सत्तामा आसिन रहेको बताएका हुन् । उनलेभने,“संसदीय प्रक्रियालाई छलेर दूरगामी प्रकृतिका निर्णय सरकारले लिँदैछ।”

सरकारका सम्बन्धमा मुद्दा सर्वोच्चमा रहेकोले कुनै पनि दुरगामी प्रकृतिका निर्णय नलिन र कार्यान्वयन नगर्न सरकारलाई भनेका छन्।

उनले सरकारी संयन्त्रको दुरूपयोग नगर्न सरकारको ध्यानाकर्षण गराएका छन् । कोभिड १९ बिरुद्ध खोपको तत्काल आपुर्ति ,देशभर आवश्यकता अनुसार आइसीयूवेड र अक्सिन व्यवस्था र निम्न आएकाहरुलाई निशुल्क उपचारको सुनिश्चितता गर्न उनले माग गरे ।

प्रतिक्रिया