बिहीबार, वैशाख १३, २०८१

कसैले भन्न सक्दैन समय र पुस्ताको बर्बादी

चेतन जेठारा २०७८ जेठ १३ गते १७:०६

देशले किन निरन्तर ७० वर्षदेखि ध्वंश ब्यहोरिरहेको छ ! समय र पुस्ताको बर्बादी, राजनीति बिचलन र संसारसामु तमाशा ब्यहोरिरहेको छ !

किन मेरो पुस्ताले पटकपटक हारिरहेछ ? किन मेरो देशले पटकपटक हारिरहेछ ? के अब बिगतका सबै आन्दोलन र उपलब्धीहरु नै ढल्न लागेका हुन् ? के यिनै मुट्ठीभर नेताहरुको दास भएर हामीले आफू र आफ्ना सन्तानको पुस्ता नै समाप्त पार्नुपर्ने हो फेरी–फेरी पनि ? के कोमामा पुगेको हो कलिलो गणतन्त्र ? एकपछि अर्को गर्दै राज्यका अंगहरु कस्ले पार्दैछ क्षतिग्रस्त ?

के हुँदैछ देशमा ?
सम्पूर्णरुपले एक जना नेतालाई प्रधानमन्त्रीको कुर्सीमा थचार्नबाहेक अर्को केका लागि यो सब भइरहेको छ ? यस्ता खेलहरुले देशलाई के परिवर्तन दिन्छ ? पुस्ताको आवाजलाई कहाँनिर अड्याउन सक्छ व्यवस्थाले ? प्रजातन्त्रको नाममा भइरहेको यो कस्तो घिनलाग्दो खेल हो ? देशमा बिरक्ती र निराशा उत्पादन गर्ने कारखाना भइरहेको छ राजनीति ! क्रमश कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका नै क्षतिग्रस्त तस्वीरमा एकपछि अर्को आइरहेका छन् ।

ठुलाठुला कम्युनिस्टका नारा लगाउने र कम्युनिस्टका ठेली समातेर चोकचोकमा बाढनेहरू सच्चा कम्युनिस्ट हुन त ? सायद नेपालका कम्युनिस्टहरु देखेभने काल माक्र्सलाई पनि हिन्ताबोध हुन्छ होला ।
आज मुलुक महामारीको संकटमा छ । जनताहरु महामारीसँग लडिरहेका छन् । तर जसले बागडोर समातेर पदमा बहाल भएका छन् । तिनीहरू कुर्सीका लागि लडिरहेका छन् । सांसदहरुको बोलपत्र आवहान भएको छ । सत्तापक्ष र विपक्षी दलले सांसदको मुल्यको बाजि लगाउदै छन् ।

कहिलेकाही यो देशका नेतालाई देखेर दयालाग्छ किनकि यति धेरै दौडधूप गरिरहेका छ कहिले अदालत,कहिले भारतको राजदूतावास । मानव त हुन विचराहरुलाई कति थकाइ लाग्छ होला ? यति धेरै चिन्ता छ मानसिक सन्तुलन कस्तो होला ?

यस्तो वृद्ध अवस्थामा पनि कुर्सी र पदका लागि दौडिने यस्ता स्वाठ वृद्धहरुलाई आरामको जरुरी भएर पनि नभए जस्तो गरेर दौडी रहेका छन् । ओली, शेर बा., प्रचण्ड, नेपाल, झलनाथहरुको जिन्दगी कति दुखद र थकित छ ।

खेल मैदानमा पानी परेका बेला इनिहरुको खेल चलेको छ । निर्वाचन आयोगले भन्छ चुनाव गराउनका लागि ७० अर्ब रुपैया चाहिन्छ । विशेषज्ञहरुले भनी रहेका छन कि ३ करोड जनताको लागि ३० अर्ब रुपैयाले कोभिट–ज्ञढ को खोप आउछ । यो बेला चुनाव ठूलो कि कोभिट–ज्ञढ को खोप ठूलो ? किन जनताको स्वास्थ्यलाई बेवास्ता गरिदैछ ।

अचानोमा न्यायालयलाई राखी सकेका छन् । सर्वोच्चले संसद् पुनस्थापनको पक्षमा फैसला दिएपनि, बिपक्षमा दिएपनि देशमा आन्दोलन र फैसला नमान्ने पक्ष तयार हुनेछन् ।

यो देशमा न शक्तिपृथकिकरणको सबल अभ्यास, न प्रजातन्त्रको आधारभूत संरक्षण, न त ७१ वर्षदेखिको लडाईबाट प्राप्त राजनीतिक उपलब्धीलाई नै सँस्थागत गर्न प्रयास !

यतिसम्म कि अब त सामाजिक सहिष्णुतालाई पनि भत्काउन थालिएको छ, राजनीतिक सहिष्णुता त कहाँ हो कहाँ ? हैन कता जाँदैछ मुलुक ?

के यी नौटंकी र नाटककारहरुको कब्जाबाट हामीले कहिल्यै मुक्ति पाउन नसक्ने हो ? अब एक ठूलो ध्वंश वा दुर्घटनाको नजिक पुग्नुछ र नष्ट गर्नुछ फेवातालका फोहोरी जलकुम्भी झारहरु हामीले जरा देखि ।

लेखक जेठारा काठमाडौँ मोडेल कलेज कक्षा १२ मा अध्ययनरत छन् ।

प्रतिक्रिया