शुक्रबार, चैत १६, २०८०

‘रअ’ प्रमुखको थपियो एक वर्षे पदावधी

मेरोन्यूज २०७८ जेठ १३ गते १७:०२

काठमाडौं । भारतले भारतीय खुफिया एजेन्सी (रअ)का प्रमुख समन्तकुमार गोयललाई एक वर्षे पदावधि थप गरेको छ । उनलाई जुन ३०, २०२१ बाट लागु हुनेगरी एक वर्षको लागि म्याद थप गर्ने निर्णय गरेको हो ।

उनी सन् १९८४ सालका ब्याजी हुन् ।

नेपालमा भारत विरोधी गतिविधि तिव्र बनिरहेका बेला उनी गत साल नेपाल आएका थिए । सिधै प्रधानमन्त्रीको निम्तोमा नेपाल आएर उनले प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गरेर फर्केका थिए ।

त्यसपछि नेपाल भारतका वीचमा सम्वन्ध सुधारको प्रयास भएको थियो ।

उनको म्याद थप भएको कुरा हिन्दु ले उल्लेख गरेको छ ।

Advertisement

प्रतिक्रिया