बिहीबार, वैशाख १३, २०८१

कोरोना संक्रमणको दर घट्दै

पछिल्लो २४ घण्टामा ६,९३९ संक्रमित थपिए, ७,२२६ निको भए

मेरोन्यूज २०७८ जेठ १३ गते १६:२४


काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ६ हजार ९३९ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ९३९ जनामा कोरोना संक्रमिण पुष्टि भएको छ । २० हजार ९९२ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ६७३१ र एन्टिजेन विधिबाट २०८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कूल संक्रमितको संख्या ५ लाख ४२ हजार २५६ पुगेको छ । हाल नेपालमा १ लाख १६ हजार ४७६ जना सक्रिय संक्रमित रहेका छन् ।

सोही अवधिमा सात हजार २२६ जना निको भएका छन् । भने १०६ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।

प्रतिक्रिया