शनिबार, वैशाख १५, २०८१

कोरोनाको उपचारमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई ‘क्रिटिकल कियर’ तालिम सुरु

मेरोन्यूज २०७८ जेठ १३ गते १४:५८

काठमाडौं ।नेपाल चिकित्सक संघले कोभिड–१९ नियन्त्रण र उपचारमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई ‘क्रिटिकल कियर’ तालिम प्रदान गर्ने भएको छ । फ्रन्टलाईनमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मी समेत संक्रमित भईरहेको अवस्थामा महामारिसंग जुध्नको लागि अक्सिजन र बेडले मात्र सम्भव नभई जनशक्तिको पनि तयार गर्नु पर्ने भन्दै विपत्तिको अवस्थामा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई तालिम प्रदान गर्ने संघले भर्चुअल तालिम सुरु गरेको जनाएको छ ।

विश्व स्वास्थ्य संगठनको राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रलगायत संघ–संस्थाको सहयोगमा आजदेखि दुईदिने तालिम प्रदान गर्न लागेको हो ।

‘फ्रन्टलाइन’मा काम गरिरहेका स्वास्थ्यकर्मीहरु भर्चुअल तालिममा सहभागी हुन पाउने संघले जनाएको छ ।

प्रतिक्रिया