प्रतिनिधिसभा विघटनविरुद्धको रिट संवैधानिक इजलासमा पठाइयो
मेरोन्यूज
२०७८ जेठ १३ गते १४:२०

काठमाडौं । सर्वोच्च अदालतले संसद विघटनसम्बन्धी सबै रिटलाई संवैधानिक इजलासमा पठाएको छ । बिहिबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले प्रतिनिधिसभा विघटनविरुद्ध दायर १९ वटा रिटमा प्रारम्भिक सुनुवाइ गर्दै संवैधानिक इजलासमा पठाउने आदेश दिएको हो । संसद विघटनसम्बन्धी ११ वटा मुद्दा यसअघि नै संवैधानिक इजलासमा दर्ता भएका छन् । संसद विघटनसम्बन्धी मुद्दामा संवैधानिक इजलासमा शुक्रबारका लागि पेशी तोकिएको छ ।
सम्बन्धित
प्रतिक्रिया