बुधबार, वैशाख १२, २०८१

संसद् विघटनका विषयमा संविधानविद्सँग सभामुखको छलफल जारी

मेरोन्यूज २०७८ जेठ १३ गते १३:५३

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसद् विघटनका विषयमा संविधानविद्, कानुन एवं न्यायिक क्षेत्रका विज्ञहरुसँग परामर्श सुरु गरेका छन् । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा अहिले छलफल भइरहेको छ । सभामुख सापकोटाले विघटन असंवैधानिक भएको ठहर गरेका छन् । उनले गएको मंगलबार पूर्वसभामुखहरुसँग पनि छलफल गरेका थिए । गत शुक्रबार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेर चुनाबको घोषा गरेकी थिइन् ।

प्रतिक्रिया