शनिबार, वैशाख ८, २०८१

काठमाडौँमा खाद्य संस्थान र साल्ट ट्रेडिङले होम डेलिभरी गर्ने

मेरोन्यूज २०७८ जेठ १३ गते १३:३३

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले निषेधाज्ञाको समयमा कसैलाई खाद्यवस्तुको अभाव भएमा वैकल्पिक व्यवस्था गरेको छ । प्रशासनले सूचना जारी गर्दै निषेधाज्ञाको समयमा कसैलाई खाद्यवस्तुको अभाव भइ अत्यावश्यक खरिद गर्नुपर्ने भएमा वैकल्पिक व्यवस्था गरिएको जनाएका हो ।

प्रशासनले नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडबाट अत्यावश्यक सामग्री मगाउन सक्ने व्यवस्था गरेको हो । त्यसका लागि प्रशासनले आवश्यक फोन नम्बर पनि सार्वजनिक गरेको छ । प्रशासनको सूचना अनुसार कसैले खाद्य सामग्री मगाए मोबाइल गाडीबाट घरमै लैजाने व्यवस्था मिलाएको छ ।

प्रतिक्रिया