बिहीबार, चैत १५, २०८०

तुलसीपुर मृत्यु प्रकरणः

प्रहरी र भिसेरा रिपोर्टको निष्कर्ष एउटै,निसास्सिएर मृत्यु भएको पुष्टि

दया दुदराज २०७८ जेठ १३ गते १३:०२


काठमाडौं । दाङ जिल्लाको तुलसीपुरमा गत वैशाख १८ गते कारभित्र मृतवस्थामा फेला परेका तीन बालकको मृत्यु निसासिएर भएको तथ्य भिसेरा रिपोर्टले देखाएको इलाका प्रहरी कार्यालय दाङले जनाएको छ । वैशाख १८ गते बेलुका तुलसीपुर उपमहानगरपालिका वडा नं.६ स्याउली बजारमा पार्किङ गरिराखेको भारतीय नम्बर प्लेट आर जे ०१ सिसी ०८८५ नम्बरको कारभित्र ती बालकहरु मृत अवस्थामा फेला परेका थिए ।

दाङमा पार्किङ गरिएको कारभित्र तीन बालकको शव फेला

ती तीन बालकको मृत्यु निसास्सिएर भएको तथ्य भिसेरा रिपोर्टले देखाएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले जानकारी दिए । डिएसपी सिंहका अनुसार भिसेरा रिपोर्टमा बालबालिकाको मृत्युको कारण (सोफोकेशन) निसासिएर भएर भन्ने खालको छ । ति बालकहरुको मृत्यु अक्सिजन अभावले गर्दा निसास्सिएर भएको भन्ने भिसेरा रिपोर्टमा उल्लेख छ ।

तथ्य र रिपोर्टहरुका आधारमा लामो समयदेखि पार्किङ गरि राखिएको कार भित्र तास खेल्ने क्रममा त्यस भित्र प्रबेश गरेको भएपनि भित्रबाट ढोका लक भएपछि बाहिर निस्कन नसक्दा निसासिएर मृत्यु भएको हुनसक्ने डिएसपी सिंहले बताए । प्रहरीले घटनाको दोस्रो दिन वैशाख १९ गते नै कार धनी भनिएका तुलसीपुर ६ स्याउली बजार बस्ने ३३ वर्षीय यादव प्रसाद गैरे र सोही वडा बस्ने ५७ वर्षीय चालक पदमबहादुर बस्नेतलाई पक्राउ गरेको थियो ।

यी हुन दाङमा कारभित्र मृत भेटिएका ३ बालक, गाडि मालिक र चालक पक्राउ

Advertisement

तुलसीपुर ६ बरूवा गाउँका भीमबहादुर परियारका छोरा ९ वर्षीय सन्दीप परियार, सन्तोष परियारका छोरा ७ वर्षीय सुवास भनिने सूवर्ण परियार र किरण परियारका छोरा ६ वर्षीय करण परियार थिए । पीडित अभिभावकले भने तीन बालकको सामुहिक हत्या भएको दाबी गदै दोषी पत्ता नलाग्दासम्म शव नबुझ्ने अडान लिएको भएपनि बैशाख ३१ गते अर्थात १३ दिन पछि मात्रै शव आफ्न्तले बुझेका थिए ।

शव भएको गाडीलाई प्रहरीले आज बिहान ७ बजे नै धोएको परिवारको आरोप

किरिया खर्च २५ हजारका दरले दिने र तुलसीपुर नगरपालिकाबाट थप एकेक लाख दिने,पीडित परिवारलाई रोजगारी व्यवस्था गर्ने,राष्ट्रिय दलित आयोगमार्फत गृह मन्त्रालय समक्ष प्रत्येक बालकका परिवारलाई ५ लाख राहत दिने निर्णय भएपछि आफ्न्तले शव बुझेका थिए तर अहिलेसम्म पनि राहत नपाएको आफ्न्तको गुनासो छ ।

दया दुदराज

मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया