शनिबार, वैशाख ८, २०८१

प्रतिनिधि सभा विघटनविरुद्धका रिटको सुनुवाइ सुरु

मेरोन्यूज २०७८ जेठ १३ गते १२:५५

काठमाडौं । प्रतिनिधि सभाको विघटनविरुद्धका रिटको सुनुवाइ सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बेन्चमा परेका १९ रिटमाथि आज सुनुवाइ सुरु भएको हो । संवैधानिक इजलासमा सुनुवाइको माग गरिएका ११ रिटको शुक्रबारका लागि पेशी तोकिएको छ ।

प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा ३० वटा रिट दर्ता भएका छन् । प्रतिनिधि सभाको पुर्नस्थापना र विपक्षी गठबन्धनको तर्फबाट कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिको माग गर्दै १४६ निवर्तमान सांसदले पनि रिट दर्ता गराएका थिए ।

नेपालको संविधान धारा ७६ को ५ अनुसार राष्ट्रपतिले नयाँ सरकार गठनको लागि दिएको समयमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति देउवाको दाबी पेश परेको थियो । तर, राष्ट्रपतिले प्रधानमन्त्रीमा कसैलाई पनि नियूक्ति गर्न नसकिने जानकारी गराएपछि सरकारको सिफारिसमा राष्ट्रपतिले संसदको विघटन गरेकी थिन् ।

प्रतिक्रिया