शुक्रबार, वैशाख ७, २०८१

सुन महंगो, चाँदी स्थिर

मेरोन्यूज २०७८ जेठ १३ गते १२:३८

कठमाडौं । सुनको मुल्य तोलाको ७ सय रुपैयाँले बढेको छ । आज बिहीबार प्रतितोला ९४ हजार २ सय रुपैयाँ कायम भएको छ भने चाँदी भने ३ दिनदेखि स्थिर रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदी प्रतितोला १ हजार ३ सय ५० रुपैयाँ कायम भएको छ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएकाले बिहीबार सुन प्रतिऔंस १ हजार ८ सय ९८ दशमलब २६ डलर भएको महासंघले जनाएको छ । चाँदी प्रतिऔंस २७ दशमलब ६७ डलर भएको छ ।

प्रतिक्रिया