मंगलबार, वैशाख ११, २०८१

मल्लको निधनप्रति कांग्रेसद्वारा दुःख व्यक्त

मेरोन्यूज २०७८ जेठ १३ गते ११:४७

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका पहिलो प्रदेश प्रमुख मोहनराज मल्लको निधन प्रति नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ । कांग्रेसले शोक वक्तव्य निकाल्दै दुःख व्यक्त गरेको हो । कांग्रेस सभापति शेरबहादुर देउवाले मल्लको निधिनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

उनले भने, “नेपाली कांग्रेसका नेता, सुदूरपश्चिम प्रदेशका पूर्व प्रदेश प्रमुख, समाजसेवी, असल, वौद्धिक एवं शालिन व्यक्तित्वक धनी मेरा मित्र मोहनराज मल्लको असमाहिक निधन भएको खबरले मलाई अत्यन्त दुःखीत बनाएको छ । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्दछु ।”

निमोनियाको समस्या देखिए काठमाडौँस्थित निदान अस्पतालमा उपचारका क्रममा मल्लको आज बिहान ७ बजे निधन भएको हो । मल्ल राष्ट्रिय पञ्चायत सदस्य हुँदै नेपाली कांग्रेसका महासमिति सदस्यसमेत रहेका थिए ।

प्रतिक्रिया