शुक्रबार, वैशाख १४, २०८१

संविधानविद्सँग परामर्श गर्दै सभामुख

मेरोन्यूज २०७८ जेठ १३ गते १०:२३

काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संविधानविद्, कानुन एवं न्यायिक क्षेत्रका विशेषज्ञहरुसँग परामर्श लिने भएका छन् ।

आज दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा संविधानविद्, कानुनी एवं न्यायिक क्षेत्रका विज्ञ विशेषज्ञहरुसँग सुझाव लिन छलफल गर्न लागेका सभामुखको सचिवालयले जनाएको छ । यसअघि सभामुख सापकोटाले मंगलबार पनि संसद विघटनपछि देशमा देखिएको परिस्थितिबारे सुझाव लिन उनले पूर्व सभामुखहरुसँग छलफल गरेका थिए ।

गत शुक्रबार मध्यरातमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा दोस्रोपटक प्रतिनिधिसभा भंग गरेर मध्यावधि चुनावको मिति घोषणा गरेपछि सभामुख सापकोटाले यो कदमको विरोध गरेका थिए । संसद विघटनको विरोध गर्दै सोमबार १४६ सांसदले सर्वोच्च अदालतमा मुद्दासमेत दायर गरिसकेका छन् ।

प्रतिक्रिया