शुक्रबार, चैत १६, २०८०

कोरोनाका कारण बागमती प्रदेशमा २४ घण्टामा २३ जनाको मृत्यु

मेरोन्यूज २०७८ जेठ १३ गते ९:३५

काठमाडौं । कोरोना संक्रमणका कारण बागमती प्रदेशमा पछिलो २४ घण्टा (बुधबार ) मात्र बागमती प्रदेशमा कोरोना संक्रमण कारण २३ जनाको मृत्यु भएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मृत्यु हुनेमा ११ जना महिला र १२ जना पुरुष रहेका छन् । संक्रमणका कारण प्रदेशका १३ जिल्लामध्ये काठमाडौंमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको मन्त्रालयको तथ्याङ्क देखाएको छ ।

काठमाडौंमा मात्र संक्रमणका कारण ९ जनाले ज्यान गुमाएका छन् । ललितपुरमा ६ ,काभ्रेमा ३ जना, रामेछापमा २ जना, मकवानपुर, नुवाकोट र सिन्धुपाल्चोकमा १र१ जनाको मृत्यु भएको छ । हालसम्म २ हजार २ सय ८७ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया