बिहीबार, वैशाख १३, २०८१

सुदूरपश्चिम प्रदेशका प्रथम प्रदेश प्रमुख मल्लको निधन

मेरोन्यूज २०७८ जेठ १३ गते ९:०३

धनगढी । सुदूरपश्चिम प्रदेशका प्रथम प्रदेश प्रमुख मोहनराज मल्लको उपचारका क्रममा निधन भएको छ । निमोनियाको समस्या देखिए काठमाडौँस्थित निदान अस्पतालमा उपचारका क्रममा मल्लको आज बिहान ७ बजे निधन भएको मल्लका तत्कालीन स्वकीय सचिव धनसिंह साउदले दिए । मल्ल राष्ट्रिय पञ्चायत सदस्य हुँदै नेपाली कांग्रेसका महासमिति सदस्यसमेत रहेका थिए ।

पहिले राप्रपाको राजनीति सुरु गरेका मल्ल २०७० सालको दोस्रो संविधानसभाअघि नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । विसं २०७४ माघ ३ गते प्रदेश प्रमुख नियुक्त भएका मल्लले ८ गते शपथ लिएका थिए । मल्लका एक छोरा र एक छोरी रहेका छन् ।रासस

प्रतिक्रिया