शनिबार, वैशाख १५, २०८१

‘सामाजिक सञ्जालमा आउने हल्लाको पछाडि पटक्कै नलागौँ’

मेरोन्यूज २०७८ जेठ १३ गते ८:३३

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मास्क लगाउँदा पनि मानिसलाई आवश्यक पर्याप्त अक्सिजन प्राप्त हुने जनाएको छ ।
मन्त्रालयले सार्वजनिक सन्देश जारी गर्दै अनावश्यक हल्लाको पछाडि लाग्न नहुनेमा जोड दिएको हो । कोरोना महामारी सुरु हुनुभन्दा निकै पहिलेदेखि नै धेरै पेसामा मास्कको नियमित प्रयोग अनिवार्य गरिँदै आएको जनाएको छ ।

“सबै वैज्ञानिक प्रमाणले कोभिड–१९ को संक्रमणलाई कम गर्नका लागि प्रभावकारी उपायको रुपमा अनुहारमा मास्कको प्रयोगलाई सिद्ध गरेको छ । मास्क लगाउनाले भाइरस नियन्त्रण तथा व्यक्तिगत सुरक्षा दुवै हुन्छ,” सन्देशमा भनिएको छ ।
पछिल्लो समय सामाजिक सञ्जालमा मास्क लगाउँदा फोक्सो कमजोर हुदै जाने कोरोना सजिलै फैल्ने भन्दै हल्ला फैलिरहेका छन्। तर मन्त्रालयले त्यस्ता भ्रम र हल्लाको पछि नलाग्न सबैलाई आग्रह गरेको छ ।

This image has an empty alt attribute; its file name is notice-13-1024x682.jpg

प्रतिक्रिया