शुक्रबार, वैशाख १४, २०८१

सर्वोच्चमा प्रतिनिधिसभा विघटनविरूद्धका १९ रिटमाथि सुनुवाइ आज

११ रिटमाथि भोलि

मेरोन्यूज २०७८ जेठ १३ गते ८:०६

काठमाडौं । संसद विघटनविरूद्ध सर्वोच्च अदालतमा परेका ३० रिटमध्ये १९ रिट माथि आज सुनुवाइ हुने भएको छ । प्रधामन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न र सदन पुनर्स्थापनाका लागि सर्वोच्चमा परमादेश माग गरिएका १९ रिटको सुनुवाइ आज हुने भएको छ । भने सर्वोच्चले संवैधानिक इजलासमा सुनुवाइको माग गरिएका ११ रिटको भने शुक्रबार सुनुवाइ हुने छ ।

सोमबार संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा विपक्षी गठबन्धनका शेरबहादुर देउवालाई नियुक्ति गर्न, चुनाव गराउने राष्ट्रपतिको निर्णय कार्यान्वयन नगर्न, मध्यावधि चुनावी कार्यक्रम रोक्न र संविधानले तोकेकै मितिमा बजेट ल्याउन प्रतिनिधिसभा बैठक आह्वानको प्रबन्ध गर्नुपर्ने मागसहित विपक्षी गठबन्धनले सोमबार सर्वोच्चमा रिट दायर गरेको थियो ।

रिटमा विपक्षी गठबन्धनका १ सय ४६ सांसदको हस्ताक्षर गरेका थिए । गत शुक्रबार मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनाव घोषणापछि ५ दलको विपक्षी गठबन्धन सर्वोच्च गएको हो ।

यसअघि गत ५ पुसमा समेत प्रधानमन्त्री ओलीले संसद विघटनको सिफारिस गरेकै दिन राष्ट्रपति भण्डारीले बैशाख १७ र २७ गते मध्यावधि चुनावको मिति तोकेकी थिइन् । दुई महिनापछि सर्वोच्च अदालतले ११ फागुनमा संसद विघटनलाई असंवैधानिक ठहर्‍याउँदै पुनःस्थापना गरिदिएको थियो ।

प्रतिक्रिया