शुक्रबार, चैत १६, २०८०

आजको राशिफल : ज्येष्ठ १३ गते बिहीबार

मेरोन्यूज २०७८ जेठ १३ गते ६:३७


काठमाडौं । आज २०७८ साल ज्येष्ठ महिनाको १३ गते बिहीबार, ज्येष्ठ कृष्णपक्षको प्रतिपदा तिथि । अब लागौं आजको राशिफलतर्फ ।

मेष
पेशागत जीवनको अवस्था भने सामान्य नै रहने छ । आम्दानीमा बृद्धि नभए पनि सामान्य रहने छ । मनमा उदासिनता निरन्तर रहने छ । अरु भन्दा आफू कमजोर भएको महशुस हुने छ । बोलीमा रुखोपना बृद्धि हुने भएकाले यसबारेमा संयमित रहनु होला । पानीजन्य समस्या उत्पन्न हुने जाने छ । चिसोले सताउने भएकाले सतर्क रहनु होला ।

वृष
आम्दानीमा हल्का बृद्धि हुने छ । आत्माबल सहित ब्यक्तित्वमा दृढता आउने छ । यसले गर्दा समस्याहरुसँग जुध्न तागत प्राप्त हुने छ । दाम्पत्य जीवनमा भने नसोचिएका समस्याहरु देखा पर्ने छन् ।साझेदारीमा गरिएका कामहरुमा समस्या देखा पर्न जाने छ । काम गरेको ठाउँबाट पारिश्रमिक, तलब तथा ज्याला प्राप्त हुनमा जटिलता देखा पर्ने छ । रिस छिटो–छिटो उठ्ने भएकाले यसबारेमा संयमित रहनु नै उचित हुने छ ।

मिथुन
समय अलि प्रतिकुल रहेकाले संयम रहनु होला । साझेदारीमा गरिएका कामहरुमा भने केही सफलता मिल्ने भएकाले राहत प्राप्त हुने छ । भाग्यको साथ नहुनाले बिलम्ब पछि मात्र काममा सफलता प्राप्त हुने छ । मनमा दुविधा भइरहने छ । यो गरौँ कि त्यो गरौँ हुन जाने छ । पेशागत जीवनमा संघर्षपूर्ण अवस्था आउने छ ।

कर्कट
पैतृक सम्पत्ति वा आफैले यसअघि कमाएर राखेको सम्पत्तिले कठिनाईका बेला साथ दिने छ । भित्रि बुद्धि र चुतु¥याईँमा बृद्धि हुने भएकाले चतुरखाले ब्यक्तित्व हुने छ । परिवारको साथ तथा सद्भाव हुने भएकाले मनमा सहजता हुने छ । देखिएका समस्यासँग जुध्न तागत मिल्ने छ । पेशागत जीवनमा भने केही उतारचढाव देखा पर्ने भएकाले पेशागत जीवनमा धैर्य भएर कदम चाल्नु होला ।

Advertisement

सिंह
साझेदारीमा गरिएका कामहरुमा बिबाद अस्वाभाविक चर्किने छ । धन सम्पत्तिसँग जोडिएका केही विषयहरुले भने केही तनाब बढाई दिने छ । फसेको धन फिर्ता हुने वा हात पर्ने छ । आम्दानीमा पनि केही बृद्धि हुन पुग्दा मनमा उत्साह बृद्धि हुने छ । आफ्नो पेशाप्रति कटिबद्ध र प्रतिबद्ध हुने स्वाभाव भएकाले पेशागत जीवनमा महत्व बढ्ने छ । दाम्पत्य जीवनमा भने केही बिबाद तथा कटुताहरु देखा पर्न जाने भएकाले बादबिबादमा नजानु होला ।

कन्या
धन सम्पत्तिमा केही बृद्धि नै हुने छ । नचाहँदा नचाहँदै पनि छोटो यात्रामा निस्कनै पर्ने बाध्यता आइ पर्ने छ । भाग्य बलियो भएकाले परिस्थिति धेरै कठिन बन्ने छैन् । जसका कारण कठिन कठिन क्षणहरुमा पनि उपाय निस्किने छ । पेशागत जीवनमा झैझगडा तथा विवाद निम्तिने भएकाले सहकर्मीहरुसँग संयमित रहेर मात्र ब्यवहार गर्दा ठिक हुने छ । तर आन्तरिक चतुरतामा बृद्धि हुने भएकाले समस्यालाई सम्बोधन गर्न सहज हुने छ ।

तुला
राखेका लक्ष्यहरु पुरा हुन कठिन हुन जाँदा केही हिनताबोध जस्तो आभाष हुने भएकाले त्यसलाई सहज ढंगबाट लिनु होला । पेशागत जीवन सामान्य ढंगबाट अघि बढ्ने छ । पेशा ब्यवसायबाट धनमा केही बृद्धि समेत हुन पुग्ने छ । परिवारप्रति समर्पित भएर काम गर्ने स्वाभावमा बृद्धि हुने छ । बोलीको प्रभाव नकारात्मक बन्न पुग्ने भएकाले यसबारेमा ध्यान दिनु होला । साझेदारीमा गरिएका काममा साझेदारहरुका बीच गमम्भीरखाले मतभेद देखा पर्ने छ ।

वृश्चिक
मनोबलमा भने निकै कमि देखिने छ । शारीरमा अत्यन्त थकार्य महशुस हुने छ । मनमा भने केही दृढता आउने भएकाले त्यसका आधारमा परिस्थिति संहाल्न केही मद्दत पुग्ने छ । भाग्यको साथ रहेकाले गर्न खोजिएका कामहरुमा प्रगति हुने छ । मनमा देखा पर्ने दृढताका कारण अरुले तपाईप्रति अनावश्यक अडान लिने ब्यक्तिका रुपमा चित्रण गर्ने भएकाले यसबारे ध्यान दिनु होला ।

धनु
प्रतिष्पर्धात्मक स्वाभाव बलियो हुने भएकाले परिस्थिति काबु भन्दा बाहिर जाने छैन् । साझेदारीमा गरिएका कामहरुमा गम्भीरखाले झैझडा उत्पन्न हुने छ । यसबारेमा धैर्यतापूर्वक कदम चाल्नु होला । चिन्ता नै नलिनु पर्ने विषयमा मनमा निरन्तर चिन्ता लागि रहने छ । खासगरी भविष्यप्रतिका विषयमा वर्तमानमा अत्याधिक चिन्ताले सताउने भएकाले वर्तमानमा जीउने प्रयास गर्नु होला । दाम्पत्य जीवनमा झैझडा हुने छ ।

मकर
प्रतिष्पर्धात्मक स्वाभावमा बढोत्तरी हुने छ । आफैद्वारा संचित गरेको राखेको धनले कठिनाईका बेला काम दिने छ । जीवनसाथिको साथ र सल्लाहमा काम गरेमा आम्दानीमा राम्रो बृद्धि हुने छ । साझेदारीमा गरिएका कामहरुबाट नतिजा आउन थाल्ने छ । रिस धेरै उठ्ने भएकाले अरुले तपाई प्रति निकै रिसाह ब्यक्ति रहेको छवी कायम हुन जाने छ । अध्ययन अध्यापनमा भने विभिन्न खाले अवरोध आउने छन् । पेशागत जीवनमा पनि केही कठिनाईहरु आउने भएकाले संयम रहनु होला ।

कुम्भ
अनावश्यक द्वन्द र बिबादमा होमिनु पर्ने भएकाले यसबाट बच्ने प्रयास गर्नु नै वाञ्छनीय हुने छ । दृढताको कमि हुने भएकाले अरुले हेर्दा लुलो ब्यक्तित्व देखा पर्ने छ । सर सापटी तथा लेनदेन वा कारोवारका विषयमा झैझगडा हुने भएकाले विचार गरेर मात्र पाइला चाल्नु होला । पेशागत जीवनमा पनि बादबिबाद देखा पर्न जाने छ । त्यसैले आफ्ना बोससँगको सम्बन्धमा विशेष ध्यान दिनु होला ।

मीन
मेहनत र पराक्रमी स्वाभावमा बृद्धि हुने भएता पनि पेशागत जीवनमा उचित मुल्यांकन नहुँदा समस्याहरु देखा पर्न जाने छन् । आम्दानीमा केही बृद्धि हुन जाने छ । ब्यक्तित्वमा अस्थिरता देखा पर्न जाने भएकाले अरुले गरिराखेको विश्वासमा कमि आउने हुँदा विचार गरेर मात्र व्यवहार गर्ने गर्नु होला । भित्रि बुद्धि सक्रिय हुने भएकाले समस्या समाधानमा केही मद्दत पुग्ने छ । मनमा सन्तोष प्राप्त हुने छैन् ।

प्रतिक्रिया