बिहीबार, वैशाख १३, २०८१

अबको केही दिनभित्र नेपालमा खोप आइपुग्छ : स्वास्थ्यमन्त्री त्रिपाठी

मेरोन्यूज २०७८ जेठ १३ गते ६:२८

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले अबको केही दिनभित्र नेपालले खोप प्राप्त गर्ने बताएका छन् । मन्त्री त्रिपाठीले खोप ल्याउन खोप उत्पादक देशहरूसँग सरकारले घनीभूत संवाद गरिरहेको र केहीसँग निकट पुगिसकेको भन्दै अबको केही दिनमै खोप ल्याउने बताएका हुन् । उनलेभने,“हिले भइरहेको निषेधाज्ञा नागरिकलाई दुख दिन नभई संक्रमण नियन्त्रणका लागि गरिएकाले यसलाई सकारात्मक लिन अनुरोध गदछु ।”

प्रधानमन्त्रीको निर्देशनअनुासर नेपाललाई पायक हुने खोप जुनसकुै देश र माध्यमबाट ल्याउन मन्त्रालय लागि परेको पनि उनले जानकारी दिए ।

प्रतिक्रिया