बिहीबार, वैशाख ६, २०८१

काेराेना विरूद्धकाे खाेपमा विश्वव्यापी पहुँच दिलाउन राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाकाे जाेड

मेरोन्यूज २०७८ जेठ १२ गते २१:१३

काठमाडाैं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले काेराेना विरूद्धकाे खाेपमा विश्वव्यापी पहुँच दिलाउन जाेड दिएका छन् । यही जेठ १२-१३ गतेसम्म हुने अन्तर-व्यवस्थापिका युनियनकाे १४२ ओैं एसेम्बलीलाई सम्बाेधन गर्दै उनले सबै राष्ट्रलाई खाेपकाे पहुँच हुनुपर्नेमा जाेड दिएका हुन् ।

काेराेना महामारी विश्वकाे साझा समस्या भएकाे उल्लेख गर्दै उनले सबैकाे साझा प्रयत्नबाट मात्रै काेराेनालाई पररास्त गर्न सकिने बताए । नेपालमा दाेस्राे चरणकाे काेराेना संक्रमण तीव्र गतिमा फैलिएकाे बताउँदै उनले विषम परिस्थितमा विश्व समुदायले नेपाललाई गरेकाे सहयाेगप्रति आभार प्रकट गरेका छन् ।

प्रतिक्रिया