शुक्रबार, वैशाख ७, २०८१

कोरोना संक्रमितभन्दा निको हुनेकाे संख्या बढ्यो

मेरोन्यूज २०७८ जेठ १२ गते १८:११

काठमाडौं । पछिल्लो २४ घण्टा कोरोना संक्रमितभन्दा निको हुने बढी देखिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ७१४ जना कोरोना संक्रमितको थपिए भने सोही अवधिमा ६ हजार ७१६ संक्रमणमुक्त भएका छन् ।

नेपालमा कोरोना निको हुनेको संख्या चार लाख ११ हजार ६०३ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४५ जनाको मृत्यु भएको छ ।

यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार ८४५ पुगेको छ । नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ३५ हजार ५२५ पुगेको छ । हाल १ लाख १७ हजार ७७ जना कोरोनाका सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् ।

प्रतिक्रिया