नेपाललाई थप १० लाख डाेज खाेप दिने चिनियाँ राष्ट्रपतिकाे घाेषणा
मेरोन्यूज
२०७८ जेठ १२ गते १७:५६

काठमाडौं । चीनले नेपाललाई अनुदानमा थप १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप दिने भएको छ । आज नेपाल र चीनका राष्ट्रपतिबीचको टेलिफोन कुराकानीमा चिनियाँ राष्ट्रपति सी जिनपिङले १० लाख डोज खोप दिने घोषणा गरेका हुन् ।
नेपालका लागि चिनियाँ राजदूत हाेउ यान्छीले ट्वीटरमार्फत चीनले खाेप सहयाेग गर्ने भएकाे जानकारी दिएकी छन् ।
यसअघि चीनले नेपाललाई ८ लाख डोज भेरोसेल खोप अनुदानमा दिएकाे थियाे । त्यो खोपको दोस्रो अभियान जेठ ११ गतेबाट सकिएको छ । सर्वसाधारण इच्छुकहरुलाई उक्त खोप लगाइएको थियो ।
सम्बन्धित
प्रतिक्रिया