शनिबार, वैशाख ८, २०८१

भीम रावलको ट्विटप्रति पर्सा प्रशासनले भन्यो : नागरिकता वितरण बन्द छ

मेरोन्यूज २०७८ जेठ १२ गते १७:३८

काठमाडौँ । नेकपा एमालेबाट निष्कासनमा परेका नेता भीम रावलको ट्विटलाई संकेत गर्दै जिल्ला प्रशासन कार्यालय पर्साले आपत्ति जनाएको छ ।

गत आइतबार नेता रावलले आफ्नो समाजिक सञ्जालमार्फत जिल्ला पर्साले नागरिकता वितरण गरेको भन्दै भ्रामक समाचार फैलाएको प्रति जिल्ला प्रशासन कार्यालयले पर्साले आपत्ति जनाएको हो ।

कोरोना भाइरस (कोभिड–१९)को बढ्दो संक्रमणको रोकथामका लागि पर्सामा गत वैशाख १६ गतेदेखि जिल्लाभर निषेधाज्ञा गरेको छ । तर, विभिन्न समाचार माध्यम र नेता रावलले केही वर्ष पुरानो जस्तो देखिने भिडियो पोस्ट गरेका थिए ।

नेता रावलसहित विभिन्न समाचार संस्थाले भिडियो सामग्रीसहित भिडभाडमा नागरिकता वितरण गरिएको देखिएको छ । यद्यपि, नेता रावलले त्यही दिन उक्त ट्विट हटाउँदै क्षमा मागिसकेका छन् ।

प्रतिक्रिया