शनिबार, वैशाख ८, २०८१

युवा समाजद्वारा प्रहरीलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान

मेरोन्यूज २०७८ जेठ १२ गते १७:१७

भक्तपुर । बालकोट युवा समाजले महानगरीय प्रहरी प्रभाग बालकोटलाई स्वास्थ्य सुरक्षा समाग्री प्रदान गरेको छ । समाजका अध्यक्ष तथा नेपाली कांग्रेस सूर्य विनायक नगरपालिका नगर कार्य समितिका उपसभापति रवि राणाले एक कार्यक्रमका बीच कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै प्रभागमा कार्यरत प्रहरीहरूलाई स्वास्थ्य सुरक्षा सामाग्री हस्तारन्तण गरेका हुन ।

राणाले प्रहरी प्रभागको लागि ३५ थान पिपिई सेट, ३५ थान स्यानिटाइजर, ५ सय थान मास्क र सय जोर पञ्जा महानगरीय प्रहरी वृत्त ठिमीका डिएसपी नरहरी रेग्मीलाई हस्तान्तरण गरेका हुन् । हस्तान्तरण कार्यक्रममा बोल्दै राणाले कोरोना भाइरसको लडाईविरुद्ध सबै एकजुट हुनुपर्ने बताए ।

कार्यक्रममा डिएसपी रेग्मीले प्रहरी प्रभागलाई स्वास्थ्य सुरक्षा सामाग्री सहयोग गरेकोमा समाजलाई धन्यवाद दिए । संकटको बेलामा गरेको सहयोगले ठूलो राहत मिलेको उनको भनाई थियो ।

समाजले यसअघि दैनिक ज्याला मजदुरी गर्ने र कोठा भाडामा बस्ने करिब ११ सय परिवारलाई खाद्यान्न वितरण गरिसकेको छ । गत वर्षको लकडाउनको समयमा पनि समाजका तर्फबाट गरिब तथा असाह्यहरूका लागि खाद्यान्न वितरण तथा फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामग्री वितरण गरेको थियो ।

प्रतिक्रिया