बिहीबार, वैशाख ६, २०८१

आइपिएलको बाँकी खेल युएईमा गर्ने तयारी

आयुष राठाैर २०७८ जेठ १२ गते १६:०७

काठमाडौँ । गत ९ अप्रिलदेखि सुरु भएको इन्डियन प्रिमियर लिग क्रिकेट (आइपिएल) टी २० क्रिकेटको बाँकी खेलहरू युएईमा हुने सम्भावना देखिएको छ ।

भारतमा कोरोना भाइरस (कोभिड–१९)को दोस्रो लहरको संक्रमण बढेसँगै अनिश्चित कालका लागि स्थगित भएको आइपिएलको बाँकी खेलहरू युएईमा आयोजना गर्ने तयारी थालेको हो ।

बिसिसीआईले सेप्टेम्बरदेखि अक्टोबरसम्म प्रतियोगिता युएईमा गर्ने तयारी थालेको हो । सम्भावित मिति सेप्टेम्बर १८ देखि अक्टोबर १२ सम्मलाई चयन गरेको छ ।

बिसिसीआईले बाँकी रहेको ३१ खेलहरू २५ दिनभित्र सक्ने योजना बनाएको छ । प्रतियोगिता स्थगित हुनुअघि दिल्ली क्यापिटल्स शीर्ष स्थानमा रहेको छ । दिल्लीले ८ खेलमा १२ अंक जोडेको छ ।

प्रतिक्रिया