बिहीबार, वैशाख १३, २०८१

कोरोनाबाट ब्राजिलमा निधन हुने चार लाख ५० हजार नाघ्यो

मेरोन्यूज २०७८ जेठ १२ गते १५:०६

काठमाडौँ । ब्राजिलमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट ज्यान गुमाउनेको संख्या चार लाख ५० हजार नाघेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा कोरोना संक्रमणबाट दुइ हजार १७३ जनाको मृत्यु भएपछि ब्राजिलमा कोरोनाबाट मृत्यु हुने संख्या चार लाख ५२ हजार ३१ जना पुगेको छ । गत २४ घण्टामा ब्राजिलमा ७३ हजार ४५३ जना थप व्यक्तिमा कोरोना संक्रमण भएपछि संक्रमितको संख्या एक करोड ६१ लाख ९४ हजार २०९ जना पुगेको छ ।

यस महामारी शुरु भएयता ब्राजिलमा एक करोड ४६ लाख व्यक्ति कोरोना मुक्त भएका छन् ।

प्रतिक्रिया